माइती नेपालका पहलमा ५ सय महिला, बालबालिकाको उद्धार

काठमाडाैं | चैत २५, २०७८

माइती नेपालका पहलमा ५ सय महिला, बालबालिकाको उद्धार

बाँके – मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला र बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।

पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए ।

उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरीसमेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ ।

एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती नेपालका संयोजक कोइरालाले बताए।

माइती नेपालले उक्त नाकामा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकाको उद्धार, भारतलगायतका देशमा यौन एवं श्रम शोषणमा परेका महिला तथा बालबालिकाको उद्धार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवासमेतका सेवा प्रदान गर्दै सीपमूलक तालिमसहित परिवार र समाजमा पुनःमिलनका कार्य गर्दै आइरहेको छ ।

स्थापनाको ३०औँ वार्षिकोत्सवसका अवसरमा माइती नेपालले नेपालगञ्जमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध विद्यालयस्तरीय अभिमुखीकरण, नेपाल–भारत सिमाना जमुनाहनाकालगायत विभिन्न स्थानमा सडक अन्तर्क्रियासहित जनचेतनामूलक पोष्टर, पम्प्लेट टाँस्नुका साथै सूचना एवं चेतनामूलक सन्देशहरू वितरण, प्रसारण गरिएको छ ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्